EDC-Nepal

Call Website

EDC-Nepal Equality Development Center (EDC) Nepal, Doti

🕯️ भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको ४५औँ दिनको पुण्यतिथिमा दीप प्रज्वलन कार्यक्रम 🕯️जोरायल गाउँपालिका वडा नं. ३ मा रहे...
09/10/2026

🕯️ भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको ४५औँ दिनको पुण्यतिथिमा दीप प्रज्वलन कार्यक्रम 🕯️

जोरायल गाउँपालिका वडा नं. ३ मा रहेको एकता युथ हबको नेतृत्वमा भोटेकोशीमा गएको बाढीका कारण ज्यान गुमाउनु भएका व्यक्तिहरूको ४५औँ दिनको पुण्यतिथिको अवसरमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज जोरायल गाउँपालिकाको कार्यालय परिसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा जोरायल गाउँपालिका अध्यक्ष श्री दुर्गादत्त ओझा, उपाध्यक्ष श्री जमुना बोहरा, वडा नं. ३ का वडा अध्यक्ष श्री नवीन ओझा, इलाका प्रहरी चौकीका इन्चार्ज, गाउँपालिकाका कर्मचारीहरू तथा युवाहरूको उपस्थिति रहेको थियो।

यस दुःखद् घडीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। 🕯️🙏

मानवीय सहयोगमा जोरायलका युवा तथा बालबालिकाको पहल 🙏रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि ज...
23/09/2026

मानवीय सहयोगमा जोरायलका युवा तथा बालबालिकाको पहल 🙏

रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि जोरायल गाउँपालिकाको सहकार्यमा सम विकास केन्द्र नेपाल र एक्शनएड नेपालको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत गठन भएका युवा सञ्जाल तथा बाल क्लबका सदस्यहरूको सक्रियतामा संकलित रु. ४८,५००।– राहत रकम गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरालाई युवा सञ्जालकी प्रतिनिधि चित्रा शाहुले हस्तान्तरण गर्नुभएको छ । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएकाे छ ।

विपद्को समयमा युवा तथा बालबालिकाले देखाएको यो मानवीय सहयोग र ऐक्यबद्धता प्रशंसनीय तथा अनुकरणीय छ। ❤️🙏

सानो सहयोग, ठूलो मानवीय भावना।

राष्ट्रिय शिक्षा दिवस २०८३ को हार्दिक शुभकामना ।।
18/09/2026

राष्ट्रिय शिक्षा दिवस २०८३ को हार्दिक शुभकामना ।।

सदस्यता नवीकरण सम्बन्धित जरुरी सूचना ।।
15/09/2026

सदस्यता नवीकरण सम्बन्धित जरुरी सूचना ।।

६२ औँ राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना !
14/09/2026

६२ औँ राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना !

सम विकास केन्द्र (ईडिसी) नेपाल, डोटीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम आज जोरायल गाउँपालिकाको स...
11/09/2026

सम विकास केन्द्र (ईडिसी) नेपाल, डोटीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम आज जोरायल गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री केशव परियारज्यूको अध्यक्षता, जोरायल गाउँपालिकाका अध्यक्ष श्री दुर्गादत्त ओझाज्यूको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष श्री जमुना बोहराज्यूको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो I

कार्यक्रममा संस्थाले गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम तथा हासिल गरेका प्रगति, उपलब्धि र सिकाइहरूको समीक्षा गर्नुका साथै आगामी योजना तथा कार्यक्रमका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा जोरायल गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा अधिकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।

हार्दिक अपिल
27/08/2026

हार्दिक अपिल

आज जोरायल गाउँपालिका वडा नं. ३ र ४ मा रहेका श्री नयाँसोच युवा सञ्जाल र सिर्जनशील युवा सञ्जालको आयोजनामा, जोरायल गाउँपालि...
12/08/2026

आज जोरायल गाउँपालिका वडा नं. ३ र ४ मा रहेका श्री नयाँसोच युवा सञ्जाल र सिर्जनशील युवा सञ्जालको आयोजनामा, जोरायल गाउँपालिका, सम विकास केन्द्र र एक्सनएड नेपालको सहकार्यमा पालिकास्तरीय २७औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।
कार्यक्रममा जोरायल गाउँपालिकाका उपाध्यक्षज्यू, जनप्रतिनिधिज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्यू, शिक्षा शाखा प्रमुख, इलाका प्रहरी कार्यालय जोरायलका प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू र युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।
युवा दिवसको अवसरमा लागुऔषध तथा दुर्व्यसन नियन्त्रण, युवाका लागि रोजगारी तथा स्वरोजगारका अवसर, युवा सहभागिता र युवाका सवालहरू लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। साथै, युवाहरूको सक्रिय सहभागितामा र्‍याली समेत आयोजना गरिएको थियो ।
युवाको क्षमता, सिर्जनशीलता र नेतृत्व विकास गर्दै समाज रूपान्तरणमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

सम बिकास केन्द्र नेपालका कार्य समिति सदस्य योगेश बहादुर मल्लका बुवा श्री धन बहादुर मल्ल को असामयिक निधन प्रति भावपुर्ण श...
20/07/2026

सम बिकास केन्द्र नेपालका कार्य समिति सदस्य योगेश बहादुर मल्लका बुवा श्री धन बहादुर मल्ल को असामयिक निधन प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।।

सम विकास केन्द्र नेपाल, डोटीको आर्थिक वर्ष २०८२/८३ को संस्थागत वार्षिक प्रगति समीक्षा बैठक सफलतापूर्वक सम्पन्न भएको छ। ब...
09/07/2026

सम विकास केन्द्र नेपाल, डोटीको आर्थिक वर्ष २०८२/८३ को संस्थागत वार्षिक प्रगति समीक्षा बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले संस्थाले विगत वर्षमा हासिल गरेका उपलब्धि, सिकाइ, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा गर्दै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सुझाव र प्रतिबद्धता व्यक्त गरेको छ।

Address

Dipayal Silgadhi Municipality-05 Silgadhi
Doti

Alerts

Be the first to know and let us send you an email when EDC-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share